कालीगण्डकी नदीमा र्‍याफ्टिङ

पर्वत | कात्तिक १९, २०७९

कालीगण्डकी नदीमा र्‍याफ्टिङ

पर्वत : कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन हुने भएको छ । साहसिक खेलमार्फत पर्यटक भित्र्याउन लागि परेको हार्नेस जीप लाइन तथा एड्भेन्चर रिर्सोटले र्‍याफ्टिङ सञ्चालनलाई निरन्तरता दिने थालेको हो ।

 

बिहीबार इजरायलदेखि आएका समूहलाई जलयात्रा गराउँदै र्‍याफ्टिङका लागि परीक्षणसमेत गरेको कम्पनीले  छोटो दूरीमा जलयात्रा गर्न चाहनेले दुई घण्टा र लामो यात्राका लागि दुई देखि तीन दिनसम्मको यात्रा गराउने भएको छ ।

 

“अहिले कालीगण्डकी नदीमा र्‍याफ्टिङले निरन्तरता पाउन सकेको छैन । अब भने साउने बहरमा रहेको हार्नेस रिसोर्टदेखि ¥याफटिङ सुरु हुनेछ”, कम्पनीका सञ्चालक नरेन्द्र केसीले भन्नुभयो, “स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशय मिर्मीमा पुगेर यात्रा टुङ्गिन्छ ।” 

 

उक्त नदीमा पोखराका आधा दर्जन कम्पनीमार्फत र्‍याफ्टिङ सञ्चालन हुँदै आएको थियो । अब भने हार्नेस कम्पनीले कुश्माबाट नै र्‍याफ्टिङको सुविधा उपलब्ध गराउने सञ्चालक सुनिल बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार सफल परीक्षण सकिएको हुँदा हप्ता दिनभित्रै र्‍याफ्टिङका लागि बुकिङ खुल्ला गरिने छ ।

 

र्‍याफ्टिङका लागि इजरायल, अमेरिका, युरोपलगायत देशबाट पर्यटक आउने गरेका छन् । विदेशीसँगै स्वदेशी पर्यटकसमेत कालीगण्डकीमा र्‍याफ्टिङको मज्जा लिन आइपुग्छन् । र्‍याफ्टिङका लागि चैत, वैशाख, असोज, कात्तिक र मङ्सिर महिना उपयुक्त मानिन्छ । कालीगण्डकीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकनका साथै प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । 

पोखरा:   युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ ।   अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...

थप पढ्नुहोस्

पोखरा:  जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’  ...

थप पढ्नुहोस्

काठमाडौं:  गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।   चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो ।   इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

थप पढ्नुहोस्